बलिउडका यी फिल्म जसले फेरिदिए हिरो-हिरोइनको रुप 



कलाकारहरु आफ्नो भूमिकालाई न्याय गर्न निकै मेहनत गर्छन् । कोई जिम गएर बडी बनाउँछन्, कोहिलाई भइरहेको बडीलाई पनि घटाउनुपर्ने हुन्छ । त्यसपछि आउँछ मेकअप, एउटा हुन्छ सामान्य अर्को हुन्छ कृत्रिम । कृत्रिम मेकअप यस्तो हुन्छ यो गरिसकेपछि हामि त के हिरो, हिरोइन आफूले आफैलाईसमेत चिन्न सक्दैनन् । केहि त्यस्ता बलिउड चलचित्र छन् जसमा कृत्रिम मेकअप गराइएको छ । जसमा चलेका कलाकारहरुलाई पनि चिन्नै गाह्रो हुन्छ । 

दीपिका पादुकोण, फिल्म- (छपाक) 

दीपिका पादुकोणले भर्खरै मात्र फिल्म छपाकको शुटिङ सकेकी छिन् । यो फिल्म एसिड आक्रमण पिडित लक्ष्मी अग्रवालको जीवनसँग सम्बन्धित छ । लक्ष्मी जस्तै देखिनका लागि दीपिकाले यस फिल्ममा कृत्रिम मेकअप गराएकी छिन् । यस मेकअप लगाउन उनलाई दैनिक ३ देखि ४ घन्टा लाग्ने बताइएको छ । फिल्म २० जनवरी २०२० मा रिलिज हुँदैछ । 

छपाक फिल्म पोस्टर

तापसी पन्नू र भूमि पेडणेकर, फिल्म- (सान्ड की आँख) 

तापसी पन्नू र भूमि पेडणेकरको फिल्म सान्ड की आँख आउँदैछ । यस फिल्ममा तापसी र भूमीलाई आफ्नो उमेर भन्दा निकै बुढो देखाउनका लागि उनीहरुलाई कृत्रिम मेकअपको प्रयोग गरियो । यस फिल्ममा दुई महिलाको कहानी देखाइएको छ । फिल्म यस वर्षको तिहारलाई लक्षित गरेर प्रदर्शनमा आउँदै छ । 

तापसी पन्नू और भूमि पेडणेकर

अक्षय कुमार, फिल्म- (०.२) २०१९ 

सुपरस्टार रजनीकान्तको यो फिल्ममा अक्षय कुमारले भिलेनको रोल गरेका थिए । यसका लागि अक्षयलाई कृत्रिम मेकअप गर्नुपरेको थियो । फिल्ममा उनका धेरै रोल थिए जसको लागि कृत्रिम मेकअपको साहारा लिनुपर्यो । यो मेकअप गर्न निकै मुस्किल हुने र एकठाउँमा ३,४ घन्टा चुपचाप बस्नुपर्ने अक्षयको भनाई छ । 

Related image

राजकुमार राव, फिल्म- (राब्ता) २०१७ 

फिल्म राब्तामा राजकुमार रावले ३२४ साल पुरानो, अजिब देखिनेखालको राजपूत शासक 'मोहक' को भूमिका निभाएका थिए । जब राजकुमारको यस भूमिकाको लुक बाहिरिएको थियो उनलाई कसैले चिन्न सकेनन् । राजकुमारका अनुसार यस फिल्ममा कृत्रिम मेकअप गराउँदा निकै हिम्मतका साथ बस्नुपथ्र्यो । किनभने यो मेकअप पुरा हुन ६ घन्टा लाग्ने गथ्र्यो । 

राजकुमार राव और फिल्म 'राब्नता' में निभाए उनके किरदार की फोटो.

शाहरुख खान, फिल्म- (फ्यान) २०१६

शाहरुख खानले फिल्म फ्यान मा २५ वर्षको गौरव नामको युवकको भूमिका निभाएका थिए । गौरव लगभग शाहरुख जस्तै देखिन्थे । यो लुकका लागि शाहरुखले पनि कृत्रिम मेकअप नै गरेका थिए ।

Related image

बलिउडमा यस्ता थुप्रै फिल्म छन् जो निकै नै अचम्मित पार्ने खालका मेकअपहरु गरेर बनेका छन् । अन्य फिल्महरु निम्न छन्

 फिल्म- पा, २००९ (अमिताभ बच्चन)

 फिल्म- कपूर एन्ड सन्स, २०१६ (ऋषि कपूर)

 फिल्म- धूम-२, २००६ (ऋतिक रोशन)

 फिल्म- बर्फि र सन्जु, (रणबीर कपूर) 

 फिल्म- हद कर दि आपने, २००० (गोबिन्द) 

 फिल्म- ठाकरे, २०१९ (नवाजुद्दीन सिद्दीकी) 

नवाज़ की फिल्म 'ठाकरे' के मेकअप से पहले और बाद की तस्वीर

प्रतिक्रिया दिनुहोस्