जब विद्याका सुन्दर तस्बिरले सोनाक्षीकाे मन भतभती पाेल्याे



बलिउड अभिनेत्री विद्या बालन आजभोली इन्डोनेसियाको बालीमा रमाइरहेकी छन्। उनले त्यहाँबाट सुन्दर तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन्। जुन तस्वीर देखेर फ्यान मात्र होइन, सेलिब्रेटीले पनि प्रतिक्रिया दिइरहेका छन् । ती तस्वीरमा फ्यानले खुबै माया दर्शाएका छन् ।

होलिडे तस्वीरमा विद्या बालन सुन्दर र हट देखिएकी छिन् ।विद्याले शेयर गरेको तस्वीरमा फिल्म द डर्टी पिक्चरको मा झैं देखिएकी छिन् विद्या ।यही कारण पनि हुनुपर्छ, विद्याको तस्वीरको बलिउडमा चर्चा भइरहेको छ ।

सोनाक्षीले कमेन्टमा त्यस्तो खासै केही लेखेकी भने होइनन् । उनले लेखिन्, ‘तिमीले मलाई आफ्नो साथ किन लगिनौ ?’

सोनाक्षी काममा यति व्यस्त छिन् कि, उनी विदा मनाउन कतै जान पाएकी छैनिन् । तर उनलाई जान भने मन रहेछ ।   सोनाक्षी आफ्नो जन्मदिनमा भने  घुम्न निस्केकी थिइन् ।

उनको उक्त तस्वीरमा प्रियंका चोपडा, अदितिराव हैदरी, एकता कपूर लगायतका सेलिब्रेटीले पनि कमेन्ट गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्