अन्तरिम आदेशपछि स्वास्थ्य सचिव चौधरी स्वास्थ्य मन्त्रालय फर्किइन्



काठमाडौं : अदालतबाट अन्तरिम आदेश पाएपछि स्वास्थ्य सचिव चौधरी मन्त्रालय पुगी कामकाज सुरु गरेकी छन् । गत असोज २८ गतेको मन्त्रीपरिषद्ले डा. चौधरीलाई प्रधानमन्त्री कार्यालयमा तान्ने निर्णय गरेको थियो । उक्त निर्णय गैरकानुनी भएको भन्दै डा. चौधरीले बिहिबार सर्वोच्चमा शरणमा पुगेकी थिइन् ।

विवादित काम गरेपछि डा. चौधरीलाई मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेपछि उनी सर्वोच्च गएकी थिइन् ।

प्रधान न्यायधीश ओमप्रकाश मिश्रले शुक्रबार सचिव डा. पुष्पा चौधरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गर्ने निर्णय कायान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि उनी आइतबार मन्त्रालयमा पुगेकी हुन् । 

अदालतले सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालयमा तान्ने निर्णय कार्यान्वयनमा नगर्न र सरकारले उक्त निर्णय गर्नुबारे कारण देखाउ आदेश जारी गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्