भोलिदेखि मतदाता नामावली संकलन कार्य रोकिने



काठमाडौं : निर्वाचन आयोगले मंगलबारदेखि मतदाता नामावली संकलनको कार्य रोक्ने भएको छ। आज बसेको आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावली संकलनको काम मंगलबारदेखि स्थगित गर्ने निर्णय भएको जानकारी दिएका छन्।

सरकारले आज स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो।

 

 

प्रतिक्रिया दिनुहोस्