स्थानीय निर्वाचनको तयारीका लागि समय पर्याप्त छ : आयोग



काठमाडौं : निर्वाचन आयोगले चुनाव तयारीका लागि समय पर्याप्त भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगलाई निर्वाचनका लागि तयारी गर्ने समय पर्याप्त भएको भन्दै तोकिएको समयमा नै निर्वाचन सम्पन्न हुने विश्वास दिलाएका हुन् ।

तोकिएको मिति निर्वाचनका लागि पर्याप्त समय हो। समय नपुगेर निर्वाचन गर्न सकेनौं भनेर हामीले भन्नेछैनौं। ढुक्क भए हुन्छ,’उनले भने,‘भोलिदेखि नै निर्वाचनको तयारीका सम्पूर्ण काम अघि बढ्छन्।’

उनले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय भइसकेको भन्दै अब आयोगले तीव्र रुपमा आवश्यक तयारी थाल्ने जानकारी दिए।

‘स्थानीय तह रिक्त गराउनु हुन्न भनेर नै हामीले वैशाख मसान्तभित्र चुनाव गर्नुपर्छ भन्दै आएका थियौं,’ थपलियाले भने,‘सरकारले आयोगको सल्लाह र सिफारिस अनुसार नै मिति घोषणा गरेको छ।’

प्रतिक्रिया दिनुहोस्