देशैभर चिसो बढ्यो, यो वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीमा पुग्न सक्ने



काठमाडौं : वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौंको आजको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रीमा झरेको छ । 

तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार चिसो क्रमिक रुपमा बढ्ने क्रममा रहेको छ । 

तापक्रम घटेपछि उपत्यकामा बिहान र बेलुकी बढी चिसोको महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको उनले बताए । लामो समयसम्म पानी नपरेकाले धूलोका कारण वायुमण्डल प्रदूषित भएको मौसमविद् अर्यालको भनाई छ । 

अझै केही दिन पानी नपर्ने बताइएको छ । उपत्यकाको अझै तापक्रम घटेर शून्य डिग्रीमा पुग्ने अनुमान गरिएको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिकलाई सजग गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्