साउथ नायिका अनुपमासँगकाे प्रेममा क्रिकेटर जसप्रीत !



भारतीय क्रिकेटर जसप्रीत बुमराह र दक्षिण भारतीय चलचित्रकी नायिका अनुपमा परमेश्वरन प्रेम सम्बन्धमा भएको खबर बाहिरिएको छ ।

भारतीय टिमका खेलाडी जसप्रीत बुमराहले इंग्ल्याण्डमा भइरहेको विश्वकपमा उत्कृष्ट बलिङ गरिरहेका छन् । खेलेका दुई खेलमा भारतले दक्षिण अफ्रिका र अष्ट्रेलियालाई पराजित गरिसकेको छ ।

यतिबेला बुमराहको नाम दक्षिण भारतीय चलचित्रकी नायिका अनुपमा परमेश्वरनसँग जोडिएको छ । 

भारतीय मिडियाका अनुसार यी दुई डेटमा पनि रहेका छन् । तर अनुपमाले भने आफूहरु राम्रो साथी मात्रै भएको प्रतिक्रिया दिएकी छिन् ।

२०१५ मा 'प्रेमम' चलचित्रबाट डेब्यू गरेकी अनुपमाले थुप्रै चलचित्रमा काम गरिसकेकी छिन् । अहिले उनी असिस्टेन्ट डाइरेक्टरको रुपमा प्रोडक्सन हाउसमा काम गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्