प्रथम इन्डोर कर्पोरेट लिग फागुनमा



काठमाडौँ । हिमालयन स्पोर्टस म्यानेजमेन्टको आयोजनामा ‘प्रथम इन्डोर कर्पोरेट लिग’ (आइसीएल) क्रिकेट प्रतियोगिता हुने भएको छ। १८ फागुनदेखि सुरु हुने प्रतियोगिता ललितपुरको हात्तीवनस्थित हिमालयन क्रिकेट एकेडेमीको इन्डोरमा सञ्चालन हुने आयोजकले जानकारी दिएको हो। प्रतियोगिताको फाइनल २१ फागुनमा हुनेछ।

चार दिनसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। नकआउट पद्धतिमा हुने प्रतियोगितामा कुल २७ खेल हुने छन्। आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टोलीले ४० हजार दर्ता शुल्क तिर्नुपर्ने छ। पुरस्कार राशी भने तोकिएको छैन।

टी–१० फर्म्याटमा खेलाइने प्रतियोगिताको प्रत्येक टोलीले आठ पहिलो रोजाई र दुई विकल्प गरी १० खेलाडी राख्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस्