भारतलाई एक खेल अगावै वेस्ट इन्डिजविरूद्धको शृंखला



काठमाडौं । घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अघि नै आफ्नो नियन्त्रणमा राखेको छ। बुधबार अहमदाबादमा भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित निकाल्दै भारतले शृङ्खलामा लगातार दोस्रो जित निकालेको हो।

पहिलो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो । अब अन्तिम खेल शनिबार  हुनेछ  । २३८ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४६ ओभरमा १९३ रनमा समेटियो । वेस्ट इन्डिजका  शम्राह ब्रुक्सले सर्वाधिक ४४ रन जोडे । यस्तै अकिल होसेनले ३४, शाइ होपले २७,  र ओडिन सिथले २४ रनको योगदान गरे ।

भारतका प्रसिद्ध कृष्णले सर्वाधिक  ४ विकेट लिदा शार्दुल ठाकुरले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै  २३७ रन बनाएकाे थियाे । भारतका  सूर्यकुमार यादवले सर्बाधिक ६४ रन बनाए  । यस्तै केएल राहुलले ४९, दिपक होडाले २९ , वासिङ्गटन सुन्दरले २४ रनको योगदान गरे ।  वेस्ट इन्डिजका अल्जारी जोसेपओडिन स्मिथले समान २  विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्