राखेपकाे कार्यकारी अधिकार सहसचिव पोखरेललाई



काठमाडाैं राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे सदस्यसचिव मुद्दा सर्वाेच्च अदालतमा अड्किएपछि सरकारले बाधा अड्काउ फुकाएकाे छ।

राखेप सदस्यसचिव विहीन हुँदा आर्थिक र प्रशासिनक काम ठप्प भएर तलब पनि खुवाउन नमिल्ने बनेपछि मन्त्रिपरिषद्ले राखेपको आर्थिक तथा प्रशासनिक अधिकार युवा तथा खेलकुद मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख कमलप्रसाद पोखरेललाई प्रत्यायोजन गरेको हाे । याे निर्णय गत मंगलबारकाे मन्त्रिपरिषद् बैठकबाट भएकाे हाे

राखेप सदस्यसचिवको अनुपस्थितिमा पोखरेलले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्को अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने निर्णय गरेअनुसार पोखरेलले जिम्मेवारी पाएका हुन् । राखेप दुई महिनादेखि राखेप सदस्यसचिव विहीन छ ।  सरकारले १ कात्तिकमा रमेशकुमार सिलवाललाई सदस्यसचिव पदबाट बर्खास्त गरेर टङ्कलाल घिसिङलाई नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको थियो ।

तर, सिलवालले सर्वोच्च अदालत पुगेपछि सरकारको पछिल्लो निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी भएकाे छ । अदालतले सिलवाललाई पदमुक्त गर्ने र घिसिङलाई नयाँ सदस्यसचिव नियुक्त गर्ने निर्णय यथास्थितिमा राख्न भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्