बाहुबलिपछि प्रवासकाे ‘साहो’, यस्ताे छ टिजर



काठमाडौं : बलिउड र टलिउडले मिलेर बनाएकाे फिल्म ‘साहो’ को अफिसियल टिजर सार्वजनिक भएको छ। अगस्ट १५ मा रिलिज हुने फिल्म ‘साहो’ को टिजरबाट एक्सन र रोमान्सले भरिपूर्ण रहेको अनुमान लगाउन सकिन्छ।

‘बाहुबली’पछि अभिनेता प्रभास एकपटक फेरि ‘साहो’ मा फरक भूमिकामा देखिँदै छन्। यो फिल्मबाट अभिनेत्री श्रद्धा कपूरले तेलुगू इन्डस्ट्रीमा डेब्यु गर्दै छिन्। फिल्मलाई सुजीतले निर्देशन गरेका हुन्।

फिल्मको टिजर हिन्दीसँगै अरु तीन भाषा पनि रिलिज गरिएको छ। फिल्ममा ज्याकी श्राफ, मन्दिरा बेदी र नील नीतिन मुकेशको पनि प्रमुख भूमिका छ।

टिजर हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्