यस्तो देखिइन् नेपाली गीतमा सन्नी लियोनीभिडियोसहित



काठमाडौं : बलिउड अभिनेत्रीसन्नी लियोनीको आइटम डान्स भएको नेपाली सिनेमा ‘पासवर्ड’को ‘आजको साँझ’बोलकोे गीत बिहीबार सार्वजनिक भएको छ। यो सिनेमा आगामी भाद्र २७ बाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ।

सिनेमाको बजेट अत्यधिक भएका कारण पनि राम्रो मिति हेरेर सिनेमाको प्रदर्शन पक्का गरिएको निर्माण टिमको भनाइ छ। नेपाली सिनेमा इतिहासमै सर्वाधिक बजेटमा निर्माण भएको मानिएको यस सिनेमालाई द्वन्द्व निर्देशकको रुपमा काम गरिसकेका सम्राट बस्नेतले निर्देशक गरेका हुन्। यो उनको डेब्यु निर्देशकीय सिनेमा हो।

सिनेमाको कथा, पटकथा तथा संवाद स्वयंम निर्देशक बस्नेतले तयार पारेका हुन्। सिनेमामा विक्रम जोशी (बिक्की), सन्नी लियोनी, अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रवीन्द्र झा, प्रवीण खतिवडा, लिशा सुनार, परी रानालगायत कलाकारको मुख्य भूमिका छ।

यो सिनेमा एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको हो। यसलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन्। अंकित गौतम कार्यकारी निर्माता रहेको सिनेमामा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन्। एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई सौरभ लामाले छायांकन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्