धनगढीमा सेन्ट्रल क्याफे सञ्चालन, प्रदेश सांसद पन्तले गरे उद्घाटन



कैलाली : धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित नेपाल राष्ट्र बैंकको पछाडी सेन्ट्रल क्याफे सञ्चालनमा आएको छ । क्याफेको उद्घाटन प्रदेश सांसद डिल्लीराज पन्तले गरेका हुन् ।

करिब २३ लाख रुपैयाँको लागतमा क्याफे संचालनमा ल्याइएको सञ्चालक गोकर्ण चौधरीले जानकारी दिए । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघको प्रदेश कमिटि अध्यक्ष अर्जुन शाह, पूर्व केन्द्रीय सदस्य प्रकाशविक्रम शाह, कैलाली पूर्वअध्यक्ष भरत शाह, आदीबासी जनजाती पत्रकार महासंघका अध्यक्ष रमलखन चौधरी, थारु पत्रकार संधका जिल्ला अध्यक्ष प्रेम चौधरी लगायतको उपस्थिति थियो ।

क्याफेमा मिटिङ हलको व्यवस्था छ भने छिटै लजको पनि व्यवस्था हुने बताइएको छ । क्याफेले आफ्नै माछा पोखरी तथा अर्गानिक तरकारी बारी सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्