काठमाडौंमा गुञ्जिदै गायक आदित्यको स्वर



काठमाडौं : गायक आदित्य नारायण झाले काठमाडौंको ठमेलमा रहेको ‘क्लब फरेनहाइट’मा लाइभ प्रस्तुती गर्ने भएका छन्। यसका लागि उनी काठमाडौं आउने भएका हुन्।

‘आदित्य नारायण झा लाइभ इन नेपाल’मा उनले नेपाली र हिन्दी गीत गाउनेछन्।

गायकसँगै एक्टर समेत रहेका आदित्य गायक उदितनारयाण झा र गायिका दीपा नारायण झाका छोरा हुन्। सारेगमपा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’बाट डेब्यू गरेका थिए। 

क्लब फरेनहाइटकै आयोजनामा हुने यो कार्यक्रममा प्रवेशका लागि १ हजार र १५ सय रुपैयाँको टिकट राखिएको छ। 

 

प्रतिक्रिया दिनुहोस्