विश्व इतिहासमा आज भएका घटना



एजेन्सी । २७ वर्ष लामो जेल जीवनपछि आजकै दिन अर्थात सन् १९९० को ११ फेब्रुअरीमा दक्षिण अफ्रिकाका अश्वेत तथा रंगभेद विरोधी नेता नेल्सन मन्डेला रिहा भएका थिए । नेता मन्डेलाको रिहाई दक्षिण अफ्रिकामा रंगभेदबाट प्रजातान्त्रिक कदममा एउटा सङ्क्रमणकालीन समय थियो । रिहाई लगत्तै मन्डेलाले तत्कालीन राष्ट्रपति एफडब्लू डी क्लर्कसँग वार्ता गरेका थिए । त्यसपछि दक्षिण अफ्रिकामा रङ्गका आधारमा हुने विभेद अन्त्य भएको घोषणा गरिएको थियो ।

खमेनीको उदय
सन् १९७९ मा आयोतोल्लाह खमेनीले इरानमा शक्ति नियन्त्रणमा लिएका थिए । फ्रान्सको निर्वासनबाट भव्य स्वागतका साथ स्वदेश फर्किएको केही दिनपछि उनी इरानको सर्वमान्य नेता बनेका थिए ।

युरोपकै पहिलो प्रधानमन्त्री

सन् १९७५ मा मार्गरेट थ्याचर ब्रिटिश कन्जरभेटिभ पार्टीको पहिलो महिला नेतृ बनेकी थिइन् । थ्याचरले सन् १९७९ मा भएको आमनिर्वाचनमा बिजयी भएर बेलायतको प्रधानमन्त्री बनेकी थिइन् । उनी युरोपकै पहिलो महिला प्रधानमन्त्री हुन् ।

होस्नी मुबारकको पतन

३० वर्षसम्म सत्तामा रहेका होस्नी मुबारकले थेग्ने नसक्ने आन्दोलनपछि सन् २०११ को ११ फेब्रुअरीमा इजिप्टको राष्ट्रपतिबाट राजीनामा दिन बाध्य भएका थिए । अरब क्रान्तिको एउटा अंशको रुपमा इजिप्टमा फैलिएको आम प्रदर्शनपछि मुबारकले जनताको शक्तिसामु घुँडा टेकेका थिए । 

प्रतिक्रिया दिनुहोस्