नाच्ने-गाउने फिल्मभन्दै प्रियंकाले उडाइन् सलमानको ‘भारत’को मजाक



बलिउड अभिनेता सलमान खानको फिल्म 'भारत'ले रिलिज भएको केही दिनमै १ सय ६७ करोडको कमाई गरेको भारतीय संचार माध्यमले बताएका छन् । 'भारत' फिल्ममा सलमान खान र कट्रिना कैफको जोडि देख्न सकिन्छ । 

फिल्ममा कट्रिनाअघि प्रियंकालाई साइन गराइएको थियो तर प्रियंका चोपडाले अन्तिम अवस्थामा फिल्म छोडेकी थिइन् जसका कारण सलमान प्रियंकासँग निकै रिसाएको पनि बताइयो । यद्यपि, पछि सलमानले आफू प्रियंकासँग नरिसाएको स्पष्टिकरण दिएका थिए ।

मंगलबार प्रियंका आफ्नो नयाँ फिल्म ‘द स्काई इज पिंक’ को एक पार्टीमा उपस्थित भइन् । उक्त मौकामा प्रियंका चोपडाले सलमानको फिल्म 'भारत' छोड्नुको कारण बताउँदै यसलाई नाच्ने–गाउने फिल्म बताइन् ।

प्रियंकाले भनिन्, ‘सबैले मलाई मेरो निर्णयबारे सोध्थे, आखिर किन यस्तो गरेको भन्थे । मलाई नाच्ने गाउने, तडकभडकयुक्त फिल्म किन छोडेँ भनेर पनि सोधिन्थ्यो । कतिले मलाई म किन १८ वर्षको बच्चाको आमाको भूमिका निभाउन राजी भएँ भनेर पनि सोध्थे ।' 

 ‘द स्काई इज पिंक’ रोज्नुको कारण सुनाउँदै सोनालीको आइडिया मन परेकाले उक्त फिल्ममा काम गर्न राजी भएको उनले बताइन् । 

प्रतिक्रिया दिनुहोस्