आईपीएल मेगा अक्सन : अट्लान त सन्दीप कुनै टिममा ?



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सन भारतको बेङ्ग्लोरमा हुँदैछ ।

आज र भोलि हुने अक्सनमा ३ सय ७८ भारतीय र २ सय २२ विदेशी खेलाडी रहेका छन् । नेपालबाट राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने मात्र अक्सनमा समावेश छन् । उनले अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ तोकेका छन् ।

सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरे पनि लामिछाने मात्र छनोटमा समावेश भएका हुन् । अक्सनमा एक टोलीले बढीमा २५ र कम्तीमा १८ खेलाडी किन्नुपर्ने हुन्छ ।

एक टोलीले ९० करोडभन्दा बढी खर्चिन पाउने छैनन् । यो सिजनमा दुई नयाँ फ्रेन्चाइज टोली गुजरात टाइटन्स र लखनऊ सुपर जायन्ट थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्