आमीर खानकाे नयाँ फिल्म आउँदै



बलिउड नायक आमिर खानको क्रेज गज्जबको छ। उनको चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो व्यापार गरिरहेको हुन्छ। आमिरको अभिनयको प्रशंसक धेरै छन्। चलचित्रका लागि उनले गर्ने मिहिनेत, उनको चलचित्रले उठान गर्ने विषयवस्तु र फरक प्रचार शैलीलाई पनि धेरैले मन पराउँछन्।

उनै आमिरको प्रतिक्षित चलचित्र हो, ‘लाल सिंह चद्दा’ । यो चलचित्रमा आमिर खान मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । हाल यो चलचित्रको प्रि प्रोडक्सनमा काम भइरहेको छ । यो चलचित्र ‘फरेस्ट गुम्प’ नामक चलचित्रको रिमेक हो ।

अहिले यो चलचित्रमा नायिका करिना कपुर खान अनुबन्धित भएको समाचारले बलिउड मिडियामा राम्रो स्थान पाइरहेको छ। बलिउड मिडियाका अनुसार चलचित्रमा करिना आमिर खानको जोडी बन्दैछिन् । यो विषयमा करिना र निर्माण पक्षले भने कुनै औपचारिक जानकारी दिएको छैन।

तर, निर्माणपक्ष र करिनाबीच भने चलचित्रको विषयलाई लिएर धेरै पटक छलफल भइसकेको छ। करिना पनि चलचित्रलाई लिएर सकारात्मक देखिएकी छन्। राम्रो विषयबस्तु र राम्रो टिम पाएका कारण पनि करिना यस चलचित्रमा काम गर्न उत्साहित छन् । स्रोतका अनुसार उनीहरु बीच छिट्टै लिखित सम्झौता हुनेछ।

प्रतिक्रिया दिनुहोस्