भारतमा २४ घण्टामा ५० हजार कोरोना संक्रमित, ८०४ जनाको मृत्यु



एजेन्सी । भारतमा पछिल्लो २४ घन्टामा थप ५० हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८०४ जनाको मृत्यु भएको छ । यही अवधिमा थप एक लाख ३६ हजार ९६२ जना निको भएका छन् । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ६ लाख १० हजार ४४३ रहेको छ ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार भारतमा हालसम्म ५ लाख ७ हजार १७७ जनाको मृत्यु भइसकेको छ । भने ४ करोड २५ लाख ३६ हजार १३७ जनामा संक्रमण पुष्टि भइसकेको छ । भारतमा हालसम्म १ अर्ब ७२ करोड २९ लाख ४७ हजार ६८८ डोज खोप लगाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्