युएईले नेपाललाई दियो १ सय ९३ रनको लक्ष्य



काठमाडौं । चारदेशीय टी-ट्वान्टी सिरिज अन्तर्गत युएईले नेपाललाई १ सय ९३ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोड्यो ।

युएईका लागि चिराग सुरीले ५३ बलमा सर्वाधिक ८४ रनको योगदान गरे । उनले ५ चौका र ५ छक्का प्रहार गरे । रोहन मुस्ताफाले ३५ बलमा ४९ रन बनाए । उनले ५ चौका र २ छक्का हिर्काए ।

मोहमद वासिमले १३ बलमा २२ रन जोडे । उनले एक चौका र दुई छक्का प्रहार गरे । मोहमद बुटाले १४ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक-एक विकेट लिए । सन्दीपको टी-ट्वान्टी अन्तर्राष्ट्रिय २८ खेलमा ४९ औं विकेट हो ।

प्रतिक्रिया दिनुहोस्