सुटुक्क ‘प्रेम दिवस’ र ‘झट्का’ हलमा, कुन हेर्नुहुन्छ ?



काठमाडौं : हरेक हप्ताको शुक्रबार फिल्म रिलिज हुने परम्परा धेरै पहिलादेखि चलिआएको हो। यस हप्ताको शुक्रबार पनि हलमा एकैसाथ दुई नेपाली फिल्म लाग्दै छन्।

‘प्रेम दिवस’ र ‘झट्का’ प्रदर्शनमा आएका छन्। दुवै फिल्म बिना प्रचारप्रसार प्रदर्शनमा उत्रिएका हुन्। दुवै सिंगल थिएटर केन्द्रित फिल्म हुन्।  

‘प्रेम दिवस’ 

योगेश घिमिरेले निर्देशन गरेको फिल्म ‘प्रेम दिवस’मा ‘रियल कपल’ प्रियंका कार्की र आयुष्मान देशराज जोशीसँगै विशाल खरेल मुख्य भूमिकामा देखिएका छन्। 

उनीहरूको साथै फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्री कृष्ण लुइँटेललगायत कलाकारकाे अभिनय छ। 

त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको यो प्रदीप भारद्वाजले लेखेका हुन् भने फिल्मलाई सञ्जय न्यौपानेले निर्माण गरेका हुन्। 

‘झट्का’

फिल्म ‘झट्का’लाई रमेश बिसुङ्खेले निर्देशन गरेका हुन्। उनकै कथामा फिल्म बनेको छ। फिल्ममा सुरविर पण्डित, श्यामलाल श्रेष्ठ, रक्षा गुरागाईँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठलगायत कलाकारको अभिनय छ। जीवन पराजुलीले छायांकन गरेको फिल्मलाई रमेश बिशुंखेले नै सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्