बन्दीपुरमा ८ करोडको लगानीमा ‘मर्स्यांदी रिभर भ्यू रिसोर्ट’



तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा ८ करोडको लगानीमा ‘मर्स्यांदी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ। पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले सो रिसोर्ट स्थापना गरेका हुन्। 

 

स्विमिङ पुलसहित सञ्चालन गरिएको रिसोर्ट २२ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ। पहिलो चरणमा रिसोर्टमा १० कोठा निर्माण गरिएको र यसलाई विस्तार गर्दै ४० सम्म पुर्‍याइने उनले जानकारी दिए।

 

दोस्रो चरणमा अर्को वर्ष १० कोठा र बाँकी तेस्रो चरणमा निर्माण गरिने र सो अवधिसम्म संरचना निर्माण सकिँदा ९ करोडसम्म लगानी पुग्ने अनुमान गरिएको व्यवसायी भट्टराईले बताए।  रासस

प्रतिक्रिया दिनुहोस्