‘प्रेमगीत ३’ को मुख्य भूमिकामा मनिष



कलाकार छनोट नहुँदै दर्शकमा फिल्म ‘प्रेमगीत ३’ को व्यग्र प्रतिक्षा छ। निर्देशक छेतेन गुरुङ्ग र निर्माता रहेका सन्तोष सेनले मिलेर फिल्म निर्देशन गर्दा अभिनेता प्रदीप खड्काले ‘प्रेम’ को भूमिका निभाउँदैछन्। ‘गीत’ अर्थात् अभिनेत्रीका लागि अहिले अडिसन भइरहेको छ।नयाँ वर्ष मुखमा चैत २८ गतेबाट यो फिल्म प्रदर्शनमा आउने निश्चित भएको छ। २ सय वर्ष पुरानो प्रेमकथामा फिल्म बन्न लागेको हो। 

 

आशुसेन फिल्मस्ले फिल्ममा प्रमुख भूमिकाका लागि एक पुरुष कलाकार छनोट गरेको छ।यु फिल्मबाट मनिष राउतले डेब्यू गर्ने भएका छन्।उनी लामो समयदेखि नेपाली फिल्ममा प्रवेश गर्न संघर्षरत थिए। फिल्ममा प्रदीप र मनिष दाजुभाईको भूमिकामा देखिनेछन्। अस्कर कलेजमा अभिनय सिकेका मनिषसँग दर्जनौं लघु चलचित्रमा काम गरेको अनुभव छ।नेपाली फिल्ममा भने उनले पहिलो पटक काम गर्न लागेका हुन् । 

 

चकलेटी लुक्सका धनी उनको निर्माण टिमले क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ। एक पोस्टरमा उनी पुरानो जमानाको बन्दुकसहित देखिएका छन् । भने, अर्कोमा बन्चरोसहित देखिएका छन् । उनको कपाल पनि निकै लामो देख्न सकिन्छ। 

‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करणभन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली फिल्म क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ। दशैं सकिए लगत्तै फिल्मको छायांकन सुरु हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्