शीर्षस्थानको बायर्न पराजित



काठमाडौं । सुरूवाती अग्रता जोगाउन नसक्दा जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले लज्जास्पद हार बेहोरेको छ। बायर्न म्युनिख शनिबार राती भएको खेलमा बकहमसंग ४-२ अन्तरले पराजित भएको हाे ।

बकहमको जितमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रीस्टियन गाम्बोयाहोल्टम्यानले एक एक गोल गरे । बायर्नका रोबर्ट लेवान्डोस्किले दुई गोल फर्काए । यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । बकहम २८ अंक जोडेर ११ औं स्थानमा  छ ।

प्रतिक्रिया दिनुहोस्