यसकारण आइपिएल अक्सनमा प्रीति जिन्टा उपस्थित नहुने



काठमाडौं : भारतको बैंगलोरमा हुन लागेको इन्डियन प्रिमियर लिग ‘आइपिएल’को मेगा अक्सनमा पञ्जाब किंग्सकी सहमालिक प्रीति जिन्टा उपस्थित नहुने भएकी छन्। हालैमात्र आमा बनेकी प्रीतिले सामाजिक सञ्जालमा यसको जानकारी दिँदै त्यसको कारण पनि उल्लेख गरेकी छन् ।

प्रीतिले आफ्ना जुम्ल्याहा सन्तानलाई एक्लै छोड्न नसक्ने भएकाले अक्सनमा उपस्थित हुन नसक्ने बताएकी छन्। ‘यो वर्ष म आइपिएल अक्सनको हिस्सा हुन पाउने छैन। किनकि मेरा आफ्ना सन्तानहरूलाई छोडेर भारत आउन सक्दिनँ। एक साता यता हाम्रो टिम लिलामी र क्रिकेटको सबै कुरामा चर्चा गर्न व्यस्त छौं’, आइपिएल अक्सनको एक पुरानो तस्बिर राख्दै उनले लेखेकी छन्।

उनले आफ्ना फ्यानलाई कोही खेलाडी अथवा आफ्नो टिममा कसैलाई राख्न चाहने हो भने सिफारिस गर्न सुझाव दिएकी छन्।

प्रीतिको कुरा गर्दा उनी गत वर्ष नोभेम्बरमा सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानको आमा बनेकी थिइन्। आमा बनेपछि उनी सन्तानको स्याहारसुसारमा व्यस्त छिन्। विवाहको पाँच वर्षपछि प्रीति र उनका पति जीन गुडइनफको घरमा सन्तानको आगमन भएको हो।

प्रतिक्रिया दिनुहोस्