तेस्रो खेलमा नेपालले सोमबार आयरल्याण्डसँग प्रतिष्पर्धा गर्दै



काठमाडौं । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार आयरल्यान्डसँग प्रतिष्पर्धा गर्दै छ ।
चारदेशीय सिरिज अन्तर्गत पहिलो खेलमा आयोजक ओमान र दोस्रो खेलमा यूएईसँग खेलेको नेपालले आफ्नो तेस्रो खेलमा आयरल्यान्डसँग खेल्न लागेको हो । खेल ओमान स्थित अल अमेरेट क्रिकेट मैदानमा हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । बलिङमा अभिनास बोहोरा र ब्याटिङमा दिपेन्द्र सिहं ऐरी चम्किदा नेपालले सिरिजको सुखद सुरुवात गरेको थियो ।
शनिबार भएको दोस्रो खेलमा यूएईसँग नेपाल २५ रनले पराजित भयो । नेपालको बलिङ चल्न नसक्दा यूएईले नेपाललाई १९३ रनको विशाल लक्ष्य दिएको थियो । नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको नोक्सानीमा १६७ रनमात्र बनाउन सक्यो । आयरल्यान्डसँगको खेलमा नेपाल दोस्रो जितको खोजीमा मैदान उत्रिनेछ ।

प्रतिक्रिया दिनुहोस्