विश्व इतिहासमा आज : भ्यालेन्टाइन डे भित्र लुकेको दुःखद घटनादेखि…



लेबनानका प्रधानमन्त्रीको हत्या

सन् २००५ मा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्या भएको थियो । उनको हत्यामा लेबनानका लडाकु हेजबुल्लाहको संलग्न रहेका लेबनानका लागि राष्ट्रसंघको विशेष न्यायाधिकरणले पत्ता लगाएको थियो ।

भोपाल ग्यास लिकका पीडितलाई क्षतिपूर्ति

सन् १९८४ को २ र ३ डिसेम्बरमा भारतको मध्यप्रदेशस्थित भोपालको एउटा विषादी भट्टी युनियन कारबाइड इन्डिया लिमिटेड (यूसीआइएल) मा ग्यास लिक भएको थियो जसलाई भूपाल विपद् भनिन्छ । ग्यास चुहावट हुँदा पाँच लाख मानिस प्रभावित हुनुका साथै २५ हजार जनाको मृत्यु भएको थियो । आजकै दिन अर्थात १४ फेब्रुबरी मा ९ दशमलब ५ अर्ब डलर क्षतिपूर्ति दिन तयार भएको थियो ।

सलमान रुस्दीविरुद्ध फताह

सन १९८९ मा इरानका नेता आयतोल्लाह रुहोल्लाह खोमनीले प्रख्यात लेखक सलमान रुस्दीविरुद्ध फतवा जारी गरेका थिए । उनको हत्या गर्नेलाई पुरस्कारसमेत घोषणा गरेका थिए । रुस्दीको चर्चित कृर्ति सटानिक भर्सेज (१९८८) लाई लिएर उनीविरुद्ध सो घोषणा गरिएको थियो । सो पुस्तकले इस निन्दा गरेको मुस्लिम मुलुक इरानको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्