४८ घण्टाभित्र रुससँग छलफल गर्न युक्रेनको आग्रह



एजेन्सी : सीमामा जारी विवादबारे वैठक गर्न युक्रेनले रसिया र युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरुलाई आग्रह गरेको छ ।

विदेशमन्त्री दिमित्रो कुलेबाले सीमामा सुरक्षाकर्मीको तैनाथबारे विवरण दिन आफूहरुले गरेको औपचारिक आग्रहलाई रुसले बेवास्ता गरेको बताए । ‘पारदर्शीता’ का लागि रसियाको योजनाबारे आगामी ४८ घन्टाभित्र बैठक गर्न अनुरोध गर्ने अबको ‘अर्को कदम’ भएको उनले बताए ।

युक्रेनको सीमामा एक लाख सुरक्षाकर्मी परिचालन गरे पनि युक्रेनमा अतिक्रमणको योजना नभएको रसियाले बताउँदै आएको छ । तर, केही पश्चिमेली देशहरुले रसियाले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरेको बताउँदै आएका छन् । मस्कोले ‘जुनकुनै बेला’ हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने अमेरिकाले अनुमान गरेको छ । एक दर्जनभन्दा बढी देशहरुले युक्रेनबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्किन आग्रह गरेका छन् । केही देशहरुले राजधानी किभबाट कर्मचारीहरु फिर्ता बोलाएका छन् ।

युक्रेनले शुक्रवार भियना सम्झौतामा आधारित रहेर रुसको मनसायबारे जवाफ खोजेको बताइएको छ । सम्झौतालाई युरोपमा सहकार्य र सुरक्षाका लागि अन्तर सहरकारी संगठन (ओएससीई) ले स्वीकारेको छ, जसमा रुससमेत सदस्य छ ।

प्रतिक्रिया दिनुहोस्