बेइजिङमा भारी हिमपातका कारण शितकालिन ओलम्पिक प्रभावित



एजेन्सी । चिनको राजधानी बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ । आइतबारको सो हिमपातले यहाँ जारी शितकालिन ओलम्पिकसमेत प्रभावित पारेको बताइएको छ । आलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि सो हिमपातले सास्ती भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

यहाँ आइतबार बिहानदेखि साँझसम्म नै हिउँ परेको बताइएको छ । त्यस्तै यहाँको तापक्रम पनि माइनस ६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो । बाटोभरि हिउँ थुप्रिएकाले त्यसलाई पन्छाउने काम जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्