बंगलादेशविरुद्ध नेपालले बराबरी गोल फर्कायो



काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले बंगलादेशविरुद्ध बराबरी गोल फर्काएको छ ।
नेपालका लागि अन्जन विष्टले खेलको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएका हुन् ।
यसअघि खेलको ९ औँ मिनेटमा गोल गर्दै सुमोन रेजाले बंगलादेशलाई अग्रता दिलाएका थिए ।
खेलमा नेपाललाई कम्तीमा बराबरी गर्नुपर्ने दबाव छ । अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म नपुगेको नेपाललाई यो खेलमा कम्तीमा बराबरी गरेमा पनि फाइनल पुगेर इतिहास रच्ने मौका छ । नेपाल ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।
अर्कोतिर चार अङ्कसहित चौथो स्थानमा रहेको बंगलादेशलाई पनि फाइल पुग्न जित्नैपर्ने दबाव छ । यो खेल जितेमा बंगलादेश फाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्