नेप्सेमा ५३ अंकको वृद्धि, तीन अर्ब २३ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा ५३ अंक माथिको वृद्धि आएको छ। आइतबार १०१ अंकले घटेर सोमबार स्थिर जस्तै रहेको बजारमा तेस्रो दिन अर्थात् आज पुनस् ५४ अंक माथिको वृद्धि आएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ५३.३० अंकले बढ्दै २७ सय ५४.२८ विन्दुमा उक्लिएको छ। यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १०.८३ अंकले बढेर ५२२.१३ विन्दुमा पुगेको छ।आज सबैजसो उपसूचक धनात्मक भएर सेयर बजारमा हरियाली छाएको छ।

तर ५३ अंक माथिले बढेको बजारमा कारोबार रकम भने राम्रो हुन सकेन । ५३.३० अंकले बढेको बजारमा जम्मा तीन अर्ब २३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्