सर्वोच्चले मन्त्री आलेलाई सोध्यो : तपाईलाई किन कारबाही नगर्ने ?



काठमाडौं : अदालतको अवहेलना मुद्दामा पर्यटनमन्त्री प्रेमबहादुर आलेविरुद्ध कारण देखाऊ आदेश जारी गरिएको छ ।

सर्वोच्च अदालतमा २५ माघमा आलेविरुद्ध पर्यटन बोर्डका सीईओ डा.धनन्जय रेग्मीले दायर गरेको अदालतको अवहेलना मुद्दामा मन्त्री आलेसहित ९ जना बोर्ड कार्यसमितिलाई सात दिनभित्र कारबाही गर्नु नपर्ने लिखित कारण पेश गर्न आदेश दिइएको हो ।

अदालतको आदेशले मन्त्रीसहितका बोर्ड सञ्चालक समितिलाई अवहेलनाको मुद्दामा कारबाही गर्न दायर गरिएको रिटमा आफैं उपस्थित भएर वा आफ्ना प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्न अदालतले आदेश दिएको सीईओ रेग्मीका कानूनी सल्लाहकार तथा अधिवक्ता खगेन्द्र सुवेदीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्