मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध युवा संघको प्रदर्शन (फोटोफिचर)



काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मूल्यवृद्धि, भ्रष्टाचारलगायतको विरोधमा प्रदर्शन गरेको छ।

सो क्रममा उनीहरुले सभामुख र मन्त्रीको समेत आलोचना गरेका छन्।

नयाँ बानेश्वरमा भेला भएका युवा संघका नेता कार्यकर्ताले विभिन्न नारा अंकित ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

बानेश्वरमा मुल्यवृद्धिको विरोध गर्दै युवा संघले प्रतिकात्मकरूपमा स्कुटर, मोटरसाइकललगायतका सवारीसधान कवाडीको भाउसहित विक्रिमा राखेको छ।

पेट्रोलभन्दा सस्तो भन्दै राखिएको स्कुटी मूल्य प्रतिकिलो २५ रूपैयाँ र मोटरसाइकल ३० रूपैयाँ तोकिएको छ ।

उनीहरूले मुल्यवृद्धि खारेजीको माग समेत गरेका छन् । उनीहरुले सहडकबीच मै आगो बालेर चिया पकाएर पनि खाएका छन् ।

प्रतिक्रिया दिनुहोस्