धनगढी मेयर एलपीएल-६ : होलिल्याण्डको पहिलो जित



धनगढी । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर-१९ क्रिकेटअन्तर्गत चौँथो दिनको पहिलो खेलमा होलिल्याण्ड इंलिस स्कुल अत्तरिया विजयी भएको छ।

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले शारदा सरस्वति स्कुल, दोधारा चाँदनीलाई २ विकेटले पराजित गर्यो । शारदा सरस्वतिले दिएको ७५ रनको लक्ष्य होलिल्याण्डले ८ विकेट क्षेतिमा १६.२ ओभरमा भेटायो।

होलिल्याण्डको लागि अभिषेक पालले सर्वाधिक २२ रन तथा संजय बोहराले अविजित १० रन बनाए । शारदा सरस्वतिका बलर हेमन्त धामी, गणेश बिटालु र विकास सुनारले समान दुई विकेट लिए ।

यस अघि टस जितेर व्याटिङ रोजेको शारदा सरस्वतिले १८.३ ओभरमा ७४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । उसको लागि विकास सुनारले सर्वाधिक ११ रन तथा निरज तेज चन्द र मिलन बोहराले समान १० रन बनाए । होलिल्याण्डका बलर सन्जय बोहराले सर्वाधिक तीन विकेट तथा अविनारायण कोइराला, गजेन्द्र बोहरा र श्याम साउदले समान दुई विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सन्जय बोहरा चुनिए जसले दुई हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्