गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्न एरो थाईको जहान नेपाल आइपुग्यो



काठमाडौँ । भोलिदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट)का लागि एरो थाईको जहाज नेपाल आइपुगेको छ। एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई)को जहाज बिहीबार अपराहन्न २ः५० बजे त्रिभूवन विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ ।

परीक्षण उडानका लागि नेपाल आएको एरो थाईको जहाज आजै ४ः४५ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थल जाने तालिका रहेको विमानस्थलले जनाएको छ । एरो थाईको जहाज बिहीवार बंगलादेशको ढाका हुँदै काठमाडौँ आएको हो ।

जहाजले भोलि शुक्रबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ गर्नेछ । करिब एक साता हुने परीक्षण उडानमा आन्तरिक उडान प्रभावित हुने भैरहवा विमानस्थल जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्