सत्ता गठबन्धनको बैठक सकियो, संसदमा आज एमसीसी पेश नहुने



काठमाडौं । एमसीसीबारे साझा धारणा बनाउने विषयमा छलफलग गर्न बसकेको सत्ता गठबन्धनको आजको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।

आजको बैठक भोलि बस्नेगरी सकिएको हो । एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्