ब्राजिलमा आएको बाढी-पहिरोमा परी १ सय ६ जनाको मृत्यु



एजेन्सी ।  ब्राजिलमा भिषण वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय १० पुगेको छ । रियो दि जेनेरोको उत्तरतर्फ अवस्थित ब्राजिलको पहाडी शहर पेत्रोपोलिस शहरमा केही घण्टामै एक महिना बराबरको पानी परेपछि आएको बाढी र पहिरोमा परी हालसम्म ११० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका हुन् ।

बाढी-पहिरोमापरी झण्डै १३४ जना मानिस अझै हराइरहेको हुँदा मृतको संख्या बढ्न सक्ने अधिकारीहरूको भनाइ छ । मंगलबार पेत्रोपोलिसमा तीन घण्टाको अवधिमा २५.८ सेन्टिमिटर बराबरको पानी परेको थियो । भिषण वर्षालगत्तै सडक जलमग्न भएको थियो भने पहिरोमा परी पहाडी खोँचमा रहेका घर ध्वस्त भएका थिए । हाल उद्दारकर्ताले बेपत्ता मानिसको खोजी कार्य गरिरहेका छन् ।

यसैबीच, रियो दि जेनेरोका गभर्नर क्लाउडियो क्यास्ट्रोले पेत्रोपोलिसमा सन् १९३२ यताकै ठूलो वर्षा भएको बताएका छन् । झण्डै चार सय मानिस घरबारबिहीन भएको र २४ जनालाई जीवितै उद्दार गरिएको पनि क्यास्ट्रोले जानकारी दिए । भारी वर्षापछि आएको बाढी र पहिरोबाट अस्तव्यस्त बनेको उक्त शहरमा हाल आपतकाल घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्