रुसमा तीन दिने ‘नेपाल मेला’ आयोजना



रुसको मस्कोमा त्यहाँस्थित नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड, उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा दुई दिने नेपाल फेष्ट कार्यक्रम आयोजना गरिएको छ। ७ जुनदेखि ९ जुनसम्म रुसको राजधानी मस्कोमा नेपाल फेष्टिभल एण्ड कल्चर डे २०१९ को आयोजना गरिएको हो।

सो मेलामा नेपाली हस्तकलाका सामानदेखि खाद्य परिकारसम्मको प्रदर्शनी गरिएको नेपाली दूतावासले जनाएको छ।मेलामा पश्मिना, गरगहना, परम्परागत पोसाकलगायतका वस्तु प्रदर्शनीमा राखिएका थिए। सोही अवसरमा नेपाली कलाकार सुष्मा राजभण्डारी र आर्मेनियन पेन्टर प्राध्यापक फ्राइडोन अस्लानियनका चित्रकला पनि प्रदर्शन गरिएको थियो।मेलाको सुरुवात बुक शो, डकुमेन्ट्री फिल्म शोलगायतका कार्यक्रमबाट भएको थियो।

मेला कार्यक्रममा रुसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि सबिन श्रेष्ठ, गैरआवासीय नेपाली संघ रुसका अध्यक्ष रामेश्वर गौतमलगायत रुसी सरकारी अधिकारीहरु पनि सहभागी थिए।

यो कार्यक्रम दोस्रोपटक आयोजना गरिएको हो। कार्यक्रम आयोजना गरिएको स्थल सेन्टर अफ कल्चरल हाउस मस्कोको पर्यटकीय क्षेत्र भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्