मन्त्री आकाशबाट आएका होइनन्, यही संसदबाट जन्मिएका हुन् : लक्ष्मणलाल कर्ण



काठमाडौं : राष्ट्रिय जनता पार्टीले संविधानको कार्यान्वयन र संसद्को मर्यादा कायम राख्नेतर्फ गम्भीर भूमिका निर्वाह गर्न सभामुखमार्फत ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

राज्य व्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेको बताए  । उनले संसददीय समितिको  निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उल्लङ्घन गरेको दाबी गरे  ।

उनले भने , ’समितिको निर्देशन मान्दिनँ भनेर मन्त्रीले भन्ने ? मन्त्रीको जन्म यही सांसदबाट भएको हो। मन्त्री आकाशबाट आएको होइन। मन्त्रीले बुझ्नुपर्छ । यो संसदले जन्माएको हो मन्त्री । लोकसेवा आयोगको अध्यक्षले भन्छ म मान्दिनँ ।’

अब कसको कुरा मान्ने त ? संविधान पनि नमान्ने, कानुन पनि नमान्ने र सांसदलाई पनि नमान्ने  हो भने यो देश कसले चलाइरहेको छ ? एक जना मन्त्री र एक जना लोक सेवा आयोगले चलाउन सक्छ यो देश ? विज्ञापनको विरोधमा आन्दोलन भइरहँदा कसैलाई चिन्ता नभए पनि हामीलाई चिन्ता छ । यही समानुपातिक समावेशीका लागि हामीले लडाइँ र्गया हो आन्दोलन र्गया हो ।’

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै राजपाका सांसद समेत रहेका कर्णले संविधानको प्रस्तावना र संविधानमा राखिएको मौलिक अधिकारको समेत बेवास्ता गरेको आरोप लगाए । समिति र संसद्को अवहेलना र उपहास नहोस् भन्नेतर्फ सचेत हुनुपर्नेमा कर्णको जोड थियो । 

बैठकको सुरुवातमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूपछि सभामुखले कर्णलाई बोल्न समय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्