रञ्जु दर्शनाले गरिन् इंगेजमेन्ट



काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शाले इंगेजमेन्ट गरेकी छन्। उनले किशोर कुइकेल (किसु)सँग इंगेजमेन्ट गरेकी हुन्। दर्शनाले सामाजिक सञ्जालमार्फत् सारा ब्राह्मणडलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको जनाएकी छन्।

‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवं परिवारका सदस्यहरू, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखी फूलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौं’ उनले लेखेकी छन्, ‘तपाईंहरूको आशीर्वाद र शुभकामनाको लागि हृदयदेखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु। मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु। तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु ।’

उनको विवाह कहीले हुने भन्ने खुलाइएको छैन। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेपछि उनी चर्चामा आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्