रुसी दूतावासले भन्यो : ‘युक्रेनको साइबर हमलामा रुस संलग्न छैन’



काठमाडौं । युक्रेनी बैंकहरूमा हालै भएका साइबर हमलाहरूमा रूसको संलग्नता नभएको संयुक्त राज्य अमेरिकाको लागि रूसी दूतावासले जनाएको छ।

शुक्रबार, साइबर र इमर्जिङ टेक्नोलोजीका लागि उप राष्ट्रिय सुरक्षा सल्लाहकार एनी न्युबर्गरले बाइडेन प्रशासनले रूसले रक्षा मन्त्रालय लगायत युक्रेनी सरकारी संस्थाहरूलाई लक्षित गरी साइबर हमला गरेको बताए पनि यसमा सत्यता नभएको उल्लेख गरेका छन्।

हामी अमेरिकीे प्रशासनको निराधार आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौं र उल्लेख गरिएका घटनाहरूमा रुस संलग्न थिएन र साइबर स्पेसमा कुनै दुर्भावनापूर्ण कार्यहरू नगरेको कुरामा जोड दिन्छौं दूतावासले आफ्नो ट्विटर पेजमा उल्लेख गरेको छ।

कूटनीतिक नियोगले न्युबर्गरको टिप्पणीलाई रुस विरोधी टिप्पणीको रूपमा व्याख्या गरेको छ।

प्रतिक्रिया दिनुहोस्