विश्व इतिहासमा आज : जर्मनमा अमेरिकी बमवर्षक विमानबाट हमला भएको त्यो दिन



काठमाडाैं । आज सन् २०२२ को २० फेब्रुअरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

 पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी नागरिक

पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी नागरिकले सन् १९६२ मा आन्ध्र महासागरमा सुरक्षित अवतरण गरेका थिए । जोन एच ग्लेन जुनियर आजकै दिन अर्थात २० फेब्रुअरीमा आन्ध्र महासागरमा सुरक्षित अवतरण गरेका थिए ।

 जर्मनमा अमेरिकी बमवर्षक विमानको हमला

सन् १९४४ मा अमेरिकी बमवर्षकहरूले जर्मन विमान निर्माण केन्द्रहरूमा आक्रमण गरेका थिए। सो बमबारी अभियानलाई इतिहासमा विग विक भनेर चिनिन्छ । युरोप आक्रमणका लागि हवाई सर्वोच्चता प्राप्त गर्न आक्रमणको तत्कालीन उद्देश्य थियो ।

 अस्ट्रेलियाको राजधानी सहर निर्माण कार्य सुरु

 सन् १९१३ मा अस्ट्रेलियाको राजधानी सहर निर्माण कार्य सुरु भएको थियो । क्यानबेरा पूर्णतया योजनाबद्ध शहर हो । प्रतिद्वन्द्वी सिड्नी र मेलबर्नबीचको सम्झौताको रूपमा क्यानबेरालाई अस्ट्रेलियाको राजधानीको रूपमा छनोट गरिएको थियो ।

 रिहानाको जन्म दिन

आजकै दिन बार्बेडियाली गायिका, नायिका तथा फेसन डिजाइनर रिहानाको जन्म भएको थियो । उनको जन्म १९८८ को २० फेब्रुअरीमा भएको हो । 

 

प्रतिक्रिया दिनुहोस्