युनाइस आँधी : १३ को मृत्यु, १० लाख परिवार अन्धकारमा बस्न बाध्य



एजेन्सी । युुरोपमा युनाईस आँधीका कारण १३ जनाको मृत्यु भएको छ। आँधीबाट बेलायत, आयरल्यान्ड, द नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्यान्ड सबैभन्दा बढी प्रभावित छन्। यी देशका आँधी प्रभावित क्षेत्रमा रुखहरु ढलेका छन् र सडकहरु अबरुद्ध बनेका छन्।

आँधीका कारण १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन्। विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन आपतकालीन कर्मचारीहरुले प्रयास गरिरहेका छन्।

आँधीले बेलायतको यात्रामा अस्तव्यस्तता ल्याएको छ भने डोभरको इंग्लिस च्यानल बन्दरगाह बन्द गर्नुका साथै बेलायत र वेल्सलाई जोड्ने पुलहरू अबरुद्ध पारेको छ । त्यसैगरी, आँधीका कारण लन्डनभित्र र बाहिर चल्ने धेरै जसो रेलहरु रोकिएका छन्।

युरोपमा यो साता असर गर्ने युनाईस दोस्रो पटक नाम राखिएको आँधी हो। पहिलो आँधीले जर्मनी र पोल्यान्डमा कम्तिमा पाँच जनाको मृत्यु भएको थियो।

आँधीबारे पहिलो पटक लन्डनमा शुक्रबार रातो चेतावनी दिइएको थियो। सन् १९८७ मा बेलायत र उत्तरी फ्रान्समा आएको ‘शक्तिशाली आँधी’ पछि यसलाई युरोपको सबैभन्दा ठूलो आँधी बताइएको छ। ‘युनाइस आँधीले साँच्चनै नै एक मुक्का प्रहार गरेको छ, ’ जलवायु कार्यलयका प्रमुख मौसमविद् फ्रयांक साउन्डर्सले भने।

‘मौसमबाट जीवन खतरामा छ भने हामीले रातो मौसमी चेतावनी जारी गर्र्छौं,’ उनले थपे। ठूलो हुरीका कारण बेलायतमा विमान चालकहरुले अवतरण रोक्न बाध्य भएका थिए।

प्रतिक्रिया दिनुहोस्