प्रचण्डको प्रस्ताव : ‘एमसीसीबारे सदन मै छलफल गरौं’



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको बैठकमा राखेको विषयबारे उनको सचिवालयले दुई बुँदे प्रस्ताव सार्वजनिक गरेको छ ।

प्रचण्डको सचिवालयका अनुसार सत्तारुढ गठबन्धन बैठकमा प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भए पनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा राखेका छन् ।

साथै, प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गरिछाड्ने हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री देउवाले टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहेका छन् ।

यस्तो स्थितिमा आ-आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी भएको प्रचण्डको सचिवालयले जारी गरेको दुई बुँदे प्रस्तावमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्