लिड्समाथि युनाइटेडको रोमाञ्चक जित



काठमाडौं । लिड्स युनाइटेडलाई ४-२ गोल अन्तरले पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ । लिड्सको मैदानमा युनाइटेडलाई जिताउन ह्यारी मग्वाएर, ब्रुनो फर्नान्डेज, फ्रेड र एन्थोनी इलान्गाले गोल गरे।

यस्तै लिड्सका लागि रोड्रिगो मोरेनोराफिन्फाले एक-एक गोल गरे । जितसँगै युनाइटेड २६ खेलमा ४६ अङ्क जोड्दै चौथो स्थानमा  छ । लिड्स २४ अङ्क जोडेर १५ औं स्थानमा  छ ।

प्रतिक्रिया दिनुहोस्