आईसीसी टी–२० विश्वकप छनोट : फिलिपिन्सलाई हराउँदै ओमान सेमिफाइनलमा



काठमाडौं । खुराम नवाजले अविजित ३३ रन बनाउनुका साथै खवार अलीले चार विकेट लिएपछि ओमानले सोमबार आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा फिलिपिन्सलाई ९ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर ब्याटिङ गरेको फिलिपिन्सले १५.२ ओभरमा सबै विकेट गुमाएर ३६ रन बनाएको थियो । ३७ रनको लक्ष्य ओमानले २.५ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।
ओमानका अलीले चार विकेट लिनुका साथै कालीमुल्लाह अमिर कालीम र फयाज बटले समान दुई विकेट लिएपछि फिलिपिन्सका कुनै ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।
फिलिपिन्सका कप्तान ड्यानियल स्मिथले सबभन्दा धेरै सात रन बनाए । हेर्न इसोरेना र हेनरी टेलरले समान ६ विकेट लिए ।
३७ रनको लक्ष्य पूरा गर्नेक्रममा नवाजले १२ बलमा पाँच चौका र दुई छक्कासहित अविजित ३३ रन बनाए । ओपनर प्रजापतीले चार र जतिन्दर सिंहले अविजित तीन रन बनाए । जितपछि ओमानले तीन खेलबाट ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्