आईसीसी टी–२० विश्वकप छनोट: सन्दीप ‘प्लेयर अफ दि म्याच’



काठमाडौँ । नेपालका कप्तान सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानडाविरुद्धको खेलमो ‘प्लेयर अफ दि म्याच’ चुनिएका छन् । क्यानडाविरुद्ध धारिलो बलिङ गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाउँदा सन्दीपले तीन विकेट लिए ।
ह्याट्रिक विकेट लिने क्रममा उनले १२ रन खर्चेका थिए । नेपालले समूहको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । तीन खेलमा अपराजित नेपालले समूहमा ६ अंक बनायो । ओमान चार अंक जोड्दै दोस्रो भयो । क्यानडा र फिलिपिन्स समूहबाट बाहिरिए । सेमिफाइनलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।
सेमिफाइनल जितेर फाइनल पुग्ने दुई टोली यसैबर्ष अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले नेपाल अब विश्वकपबाट एक खेलमात्र टाढा छ । सेमिफाइनलमा यूएईलाई हराएमा नेपालले दोस्रो पटक विश्वकप खेल्नेछ । सेमिफाइनल मंगलबार र फाइनल खेल बिहीबार हुनेछ । नेपालले यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्