युएईलाई हराए नेपाल विश्वकपमा



काठमाडाैं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोटको पहिलाे सेमिफाइनलमा नेपालले आज (मंगलबार) युएईको सामना गर्दैछ। युएईविरुद्ध मैदान उत्रँदा नेपाल जितसँगै दोस्रो पटक विश्वकप पुग्ने लक्ष्यमा हुनेछ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ। आजको खेलमा जित निकाले नेपाल  दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बङ्गलादेशमा भएको विश्वकपमा छनोट भएको थियो । नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा युएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइनल आएको हो । नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेकाे हाे।

नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो । यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह ‘ए’ बाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल र युएईबीच भएको पछिल्लो चार टी- २० भेटमा दुबै टोलीले समान दुई खेलमा जित निकालेका छन् । यद्यपि, हालै ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको थियो। यस अघि सन् २०१९ मा भएको तीन भेटमा भने नेपाल दुई पटक विजयी हुँदा युएई एक पटक जित निकाल्न सफल भएको थियो । 

नेपालले युएईलाई फेब्रुअरी १ र ३ मा भएको भेटमा क्रमश: ४ विकेट र १४ रनले पराजित गरेको थियो । यता, ३१ जनवरीमा भएको खेलमा युएई ३१ रनको विजयी भएको थियो । कप्तान सन्दीप दुबै टोली एक अर्काविरुद्ध जानकार रहेको र युएईविरुद्ध खेलाडी मानसिक रुपमा समेत तयारी भएको बताउँछन्। फाइनल प्रवेश गर्ने टोली आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछ । 

प्रतिक्रिया दिनुहोस्