सरकारद्वारा गुठी विधेयक फिर्ता



काठमाडौं : सरकारले गुठी विधेयक फिर्ता लिएको छ । चौतर्फी दबावपछि  सरकारले गठी विधेयक फिर्ता दिएको हो । मंगलबार साँझ भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । 

सरकारले राष्ट्रियसभामा गुठी विधेयक दर्ता गरेपछि यसको चौतर्फी विरोध सुरु भएको थियो । प्रदर्शनकारीहरुले गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै आन्दोलन गर्दै आएका थिए ।

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमण र गुठी विधेयकबारे बोल्ने कार्यक्रम थियो । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले पहिलो आफू बोल्नु पर्ने भन्दै रोष्ट घेरेपछि बैठक स्थगित भएको थियो ।

उता प्रधानमन्त्री ओलीले ५ बजे पत्रकार सम्मेलन गरि गुठी विधेयकबारे आफ्नो विचार राख्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्