भीष्मराज बने टेनिसको नवप्रवेशी च्याम्पियन



पोखरा । भीष्मराज पौडेल टेनिसमा नवप्रवेशीतर्फ कास्की च्याम्पियन बनेका छन्। मंगलबार पोखरा रंगशालामा भएको फाइनल खेलमा राजेश गुरुङलाई ६–३, ६–३ को सोझो सेटमा हराएर पौडेल कास्की च्याम्पियन बनेका हुन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको उपाधी पहिलो पटक पौडेलले उचालेका हुन्।

प्रतियोगिता अन्तर्गत सिनियर भेट्रान्स प्रतिस्पर्धा समेत मंगलबार देखि नै सुरु भएको छ । पहिलो दिनका खेलहरूमा राजु गुरुङ, रोबर्ट जे। हान, राजन पौडेल, नवीन चालिसे, केवी लामा, नवीन श्रेष्ठ, गोपीबहादुर भट्टराई, धरमसिंह लामिछाने र इन्द्र गुरुङ विजयी भएका छन्। सिंगल तथा डबल्सतर्फका दुवै खेलमा झण्डै ४० खेलाडीको सहभागिता रहेको संघका सचिव नवीन श्रेष्ठले जानकारी दिए।

सिनियर तर्फको स्पर्धामा एकल विजेताले १५ हजार तथा दोस्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन्। डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्